साझा कथा । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज श्रृजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मानुषि लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ ।
तपाईलाई केहि भन्नु छ ?