साझा कथा । भारतको मुम्बईमा आएको आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परी करिब ८४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो ।
यो होर्डिङ बोर्ड ७०–५० मिटर ठुलो थियो । अधिकारीहरूका अनुसार यो होर्डिङ पेट्रोल पम्पमा खसेको थियो जहाँ पानी र हावाहुरीका कारण ठुलो सङ्ख्यामा मानिसहरू ओत लागेर बसिरहेका थिए ।
होर्डिङ बोर्ड खसेर सवारी साधनहरू पनि च्यापिएको दृश्य सामाजिक सञ्जालमा आएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।
तपाईलाई केहि भन्नु छ ?