इतिहासकार ज्ञानमणि नेपालको निधन

साझा कथा । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । उपचारका क्रममा सो अस्पतालमा उनको आज मध्याह्न निधन भएको हो ।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ । उनले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गरेका थिए । काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका छन् ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो । उनकी श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उनका दुई छोरा रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?