“उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके देश समृद्ध बन्छ”

साझा कथा । उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ शिर्षकमा नयां बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार भएको सो अन्तरक्रियामा शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई नीतिगत सुधारका लागि युवा उद्यमीहरुले चाल्नुपर्ने कदमवारे वृहत छलफलका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

उद्यमशीलता, उद्यमी र बजेट शीर्षकको छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएका थिए । नेता रिजालले सरकार र नेतृत्वको तीव्र इच्छाशत्तिले मात्र यो सम्भव हुने धारणा राखे । स–साना पूँजीबाट मात्र क्रमशः ठूलो सफलता हासिल हुने भन्दै उनले त्यसलाई प्रबर्द्धन गर्नुपर्ने र स्थानीय उत्पादनहरुलाई बजारसम्मको बाटो राज्यस्तरबाटै निर्माण हुनुपर्छ र बजेटमार्फत नै कार्यक्रमहरु ल्याउनुपर्छु नेता रिजालले भने,कसैले डोहोर्‍याएर मात्र सफल उद्यमी बन्न सकिन्न स्वयं व्यक्तिको पनि दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।

नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरु पटक पटक असफल हुनसक्ने सम्भावना रहेपनि हतास हुन भने नहुने बताए । “असफलतासँग डराउने मानिस उद्यमी बन्न सक्दैनु उनले भने,”राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न हुन्न । राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउँछ ।

कार्यक्रममा विशेष वत्ता रहेका कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा युवा उद्यमी निकिता आचार्यले सम्पूर्ण जोखिम आफैंले व्यहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुनसक्ने बताइन् । राज्य पक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मनसक्ने उनको भनाइ थियो ।

देशको अर्थतन्त्र सुस्त रहेको र युवा उद्यमीहरुको मनोवल घट्दो रहेका वेला सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहदा युवा उद्यमीहरुले उद्यमशीलता,उद्यमी र बजेटका विषयमा उद्यमशीलता प्रवद्र्धनमा बजेटले लिनुपर्ने महत्वपूर्ण विषयमाथी युवा उद्यमीहरवीच गहन छलफल आवश्यकता भएकाले सो अन्तरक्रियाको आयोजना गरिएको संस्थाका अध्यक्ष अस्मिन सिटौलाले बताए । साथै उनले नीति तथा कार्यक्रमको कार्यान्यवयन पक्ष फितलो हुँदा उद्यमशील क्षेत्रले फड्को मार्न नसकेको समेत बताए ।

युवा उद्यमी एवं ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रममा उद्यमशील कांग्रेसका सदस्य वृतान्त खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?