साझा कथा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाली कांग्रेसको नाराबाजीबीच विश्वासको मत मागेका छन् ।
कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका थिए ।
विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन् । यद्यपि अवरोधका बीच सभामुखले संसदको कारबाही जारी राखेका छन् ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली विश्वासको मत लिदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मुल्य चर्को पर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मुल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।
उनले भने “तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संबिधान अनुसार विश्वासको मत दिन नदिएर तपाईहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिबिधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ ।”