कांग्रेसको वेल घेराउका बिच प्रधानमन्त्रीलाई चौथोपटक विश्वासको मत प्राप्त

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले यो पटकसमेत चौथो पटक विश्वासको मत पाएका हुन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधका बिच प्रधानमन्त्रीले आज विश्वासको मत लिएका हुन । आजको मतदान कांग्रेसका सांसदहरुको नाराबाजीकाबिच भएको थियो ।

प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने उनको प्रस्तावको विपक्षमा कुनै पनि मत परेन र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

बैठकमा १५८ जना सांसद् उपस्थित रहेका थिए भने प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा कूल १५७ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने मनसायले निरन्तर नाराबाजी गरिरहेको थियो र कांग्रेसले मतदानमा भाग लिएन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?