श्रम मन्त्रालयको ‘श्रमाधान रोजगार मेला’ (भिडियो)

Featured Video Play Icon

साझा कथा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयले योजना घोषणा गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान’ मार्फत श्रमिक समस्या र यससँग सम्बन्धित अन्य विभिन्न विषय यसैबाट अघि बढ्ने बताए ।

श्रम मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सम्पूर्ण सूचना दिने र गुनासो सुन्ने, जिज्ञासा र समस्याको एकद्वार प्रणालीबाट सम्बोधन गरिने विश्वास पत्रकार सम्मेलनमार्फत अर्यालले दिलाए ।

नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा श्रमाधान रहको उनले बताए ।

मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । प्रत्येक प्रदेशमा २ दिनसम्म चल्ने यो मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गरी रोजगार खोज्नेहरू र रोजगारदातहरुबीच मध्यस्थताको काम गर्नेछ ।

भिडियो हेर्नका लागि लिंकः https://youtu.be/3TJZQS94p1s

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?