फुञ्जोको नयाँ कीर्तिमान बनिन् १४ घन्टामै सगरमाथा आरोहण गर्ने पहिलो महिला

साझा कथा । यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण गर्ने महिला बन्न सफल बनेकी हुन् ।

यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन् ।

त्यसअघि सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड बनाएकी थिइन् । बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन् । बेसक्याम्पबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले उनी अहिले बेसक्याम्पतर्फ आउँदै गरेको उनको आरोहणको व्यवस्थापन गरेको क्लाइम्बिङ सेभेन सम्मिट ट्याग नेपाल कम्पनीले जनाएको छ ।

गोरखामा जन्मेकी फुञ्जोले सगरमाथासँगै मनास्लु, चोओयु र आमादब्लम लगायतका चुचुरो आरोहण गरिसकेकी छिन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?