गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट, पदमुक्त गर्न माग

साझा कथा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका कारण लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । रिटमा सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरिएको छ ।

सर्वोच्चका रजिस्ट्रार विमल पौडेलले यो रिट दर्ता नहुने भन्दै शुरूमा दरपीठको आदेश दिएका थिए । त्यसपछि अधिवक्ता भट्टराईले इजलासमा निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार आज रिट दर्ता भएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?