विश्वमा नेपाल चिनाउने नेपाली, जसले नेपालको शिर उँचो बनाएका छन् । विश्वभर छरिएका उनै गौरवशाली नेपालीको खोजी यात्रा हो – कार्यक्रम “यो नेपाली शिर उचाली” । कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । काम, नाम र दामको अपेक्षामा २७ वर्ष अघि टंक सापकोटा पोर्चुगल पुगे । सामान्य कर्मचारीबाट रेष्टुरेन्ट व्यवसायमा आवद्ध भएका टंक अहिले फरक शैलीका चार रेष्टुरेन्टका मालिक भएका छन् । उनले सयौंलाई रोजगारी दिएका छन् । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् । पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् ।
कार्यक्रम हिमालय टिभी र साझा कथा युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ ।
थप कथा भिडियामाःhttps://youtu.be/XGbbrRj776g?si=_e1-xDkCzKrGFGig