साझा कथा । प्रधानमन्त्री र मन्त्रीहरुको कार्यालय रहेको सिंहदरबारबाट ५ जना बाल श्रमिकहरुको उद्धार गरेको छ ।
काठमाडौं महानगरपालिकाबाट खटिएको नगर प्रहरीले सिंहदरबारभित्र सञ्चालित विभिन्न खाजा घर (क्यान्टिन)बाट ती बालकहरुको उद्धार गरेको हो । केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगरले अनुगमनका क्रममा भेटेका ती बालश्रमिकहरुलाई बुधबार उद्धार गरेको हो ।
काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बालअधिकार सम्बन्धी कार्यविधि २०८०’ समेत तयार पारेको छ । सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको बताइएको छ ।
तपाईलाई केहि भन्नु छ ?