साझा कथा । सुखको समय वा खुशीको बेला कमैले भगवान सम्झन्छन् । बढी जसो भगवान सम्झने दुःखकै बेला हो । मानवलाई पर्ने दुःख पनि फरकफरक हुन्छन् । फरकफरक दुःख बुझ्ने भगवान पनि फरकफरक छन् । यी सबै आस्था, विश्वास र आत्म सन्तुष्टि हुन् । यस्तै एक देवी, जो संकट टार्नका लागि प्रख्यात छिन् – संकटा ।
काठमाडौं स्थित नयाँ सडक (न्यूरोड) अर्थात टेबहालमा अवस्थित यो मन्दिर दिनप्रतिदिन प्रख्यात बन्दैछ । सातै दिन खुल्ला रहने यस मन्दिरमा दसैंको समय र शनिवार विशेष पुजा हुन्छ र भक्तजनहरुको उपस्थिति पनि विशेष हुन्छ । साझा कथाले शनिवारकै दिन क्यामेरामा कैद गरेका केही आकर्षक फोटोहरु फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।
फोटोः शिव श्रेष्ठ
तपाईलाई केहि भन्नु छ ?