टी-२० विश्वकपः सुपर ८ मा पुगेका ८ देश

साझा कथा । अमेरिका र वेष्टइन्डिजमा सञ्चालित आईसीसी टी २० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने ८ देशको नाम टुंगिएको छ । समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने भारत, अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका सुपर-८ मा पुगेको हो ।

समूह ‘ए’ बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो भने अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । त्यस्तै, समूह ‘बी’ बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो भने इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर-८ मा पुग्यो ।

समूह ‘सी’ मा अफगानिस्तान र वेष्टइण्डिजको ६-६ अंक छ । यी दुई टोलीबीच अन्तिम खेल मंगलबार हुनेछ । समूह ‘डी’ मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो भने बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहदै सुपर-८ मा पुग्यो ।

दश वर्षपछि टी-२० विश्वकप खेलेको नेपाल भने समूह ‘डी’ मा ४ खेलमा १ अंकका साथ चौंथो स्थानमा रहेर बाहिरियो । नेपालले शनिवार भएको दक्षिण अफ्रिकासँगको खेल १ रनले हारेसँगै सुपर-८ मा पुग्ने सम्भावना टुंग्याएको थियो । आजै भएको बंगलादेशसँगको खेलमा पनि नेपाल २१ रनले पराजित भयो ।

सुपर ८ को ग्रुप १ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् भने ग्रुप २ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका रहेका छन् । यी दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?