कला भाषा हो, साधना हो, खुसी हो र जीवन पनि हो । चित्रकलासँगै इंल्याण्डको मार्गेट सहरमा शान्त र सृजनशील जीवन जिइरहेका गोविन्द साह विश्व प्रख्यात नेपाली चित्रकार हुन् । उनलाई विश्व चित्रकला जगतले ‘आजाद’ नामबाट चिन्दछ । चित्रकारिताप्रति उनको लगाब यतिधेरै छ कि, उनी जीवनका कयौं अवसर त्यागेर प्रख्यात चित्रकार जेएमडब्लू टर्नरले जीवनको अन्तिम क्षण बिताएको ठाउँमा पुगे । सोही ठाउँलाई कर्मथलो बनाइ चित्रकारितामा विश्वविख्यात बनेका आजादसँग उनको जीवन संघर्ष र सफलताका कथा यस पटकको ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं ।
पुरा भिडियो: https://youtu.be/vYKe61VV6Zs?si=DSo2lkakuoSpNOmO
तपाईलाई केहि भन्नु छ ?