“म ०८२ सालको पार्टी सभापतिको प्रतिस्पर्धी हुँ”: गगन (भिडियो)

Featured Video Play Icon

नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दलमध्येको एक । नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा नेपाली कांग्रेस पर्यायनै बन्ने गरेको छ । राणाशासनदेखि राजतन्त्रसम्मको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका सधैं गर्वको विषय बन्छ । तर, करीब ८० वर्ष लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टी भित्रको गुटउपगुट र फुटको इतिहास पनि उस्तै लामो छ । नेपाली कांग्रेस र गुट पर्याय झै बनेको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा २००३ सालमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामबाट स्थापना भएको यो पार्टीको गुटफुटको इतिहास पनि सोहि कालदेखिनै शुरु भएको देखिन्छ । राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा नै सुरु भएको कांग्रेसभित्रको गुटको टकराव आज पर्यन्त उस्तै छ ।

पार्टी भित्रको गुटउपगुट र फुटकाबीच देश धिमा गतिमा बामे सर्दै गयो तर नेपाली कांग्रेस भित्रको गुट राजनीतिको शृंखला टुंगिएन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको गुट र तिनका आसेपासले उपगुटको बिंडो थामिरहेकै बेला रामचन्द्र पौडेल देशको प्रमुखका हैसियतले सितलनिवासमा विराजमान छन् ।

यता, उमेरले झन्डै ८० पुगेका शेरबहादुर देउवा पार्टी भित्र आफ्नो दबदबा कायमै राखेर सभापतिको भूमिकामा छन् । जीवनको लामो संघर्ष पछि राजनीतिक यात्राको करिबकरिब उत्तराद्र्धतिर मात्रै सभापति बन्न पुगेका उनी अहिलेका युवा पुस्ताका लागि फेरि विशाल पहाड बनेर उभिएका छन् । यसको मारमा विशेषतः युवा पुस्ता पिल्सिएका छन् । राजनीतिक चतुरता, सक्षमता, लोकप्रिय जनमत र प्रभाव पार्न सक्ने क्षमता हुँदाहुँदै पनि पार्टी भित्र प्रभावशाली रुपमा स्थापित हुन नसकेका त्यस्ता युवा राजनीतिज्ञ मध्ये एक हुन् – गगन थापा ।  ब्राभो डेल्टा शोको आजको शृंखलामा गगन थापासँग समसामयिक राजनीतिक विषयवस्तुमा रहेर भूषण दाहालले कुराकानी गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?