बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कपिलवस्तु १ बाट निर्वाचित उनी मुक्त बँधुवा कृषि मजदुरहरुको विषयमा जानकार व्यक्ति पनि हुन् । गाउँसमाजमा मुक्त बँधुवा कृषि मजदुरहरुले भोगिरहेका समस्यासँग निकट रही सिंहदरबार छिरेका उनी आज तीनै व्यक्तिहरुको समस्या समाधान गर्ने केन्द्रिय निकायमा छन् । तर, के उनले बुझेको र मुक्त बँधुवा कृषि मजदुरहरुले भोगिरहेको समस्यामा उनी दृढ भएर लागी परेका छन् ? ब्राभो डेल्टा शोको विशेष अंकमा हामीले उनीहरुको समस्या र समाधानमा भइरहेको प्रयासका विषयमा प्रष्ट पार्न खोजेका छौं ।
तपाईलाई केहि भन्नु छ ?