नेपाली युवाहरुले यो देशका लागि २ वटा विश्वयुद्ध लडे, कतिले ज्यान गुमाए, कति अंगभंग भए त्यसको यकिन तथ्यांक छैन । दुई शताब्दी लामो अन्तरालमा ८ लाख भन्दा वढी नेपाली युवाहरुले बृटिश सेनामा सेवा गरिसकेका छन् । त्यसैले त, बेलायतका मुख्य मुख्य ठाउँहरु पुग्दा त्यहाँ कतै न कतै कुनै न कुनै रुपमा नेपालीको पहिचान र इतिहास पनि झल्कन्छ ।
बेलायत र नेपालविचको लामो सम्वन्धमा बृटिश गोरखाको महत्वपूर्ण भूमिका छ । गोर्खाहरु २ सय ८ बर्षदेखि बेलायती राष्टिय सेनाको अभिन्न अंगको रुपमा काम गरिहेका छन् ।
गरिव देशका नागरिक हुनुका कारण वृटिश गोरखामा सेवा गरे वापत कयौं नेपाली परिवारको रोजीरोटी चलेको छ । तर त्यसभन्दा वढी वहादुर र साहशी नेपालीहरुको साथ पाएको छ यो देशले । त्यस वापत कयौं गोरखा सैनिकले पदक र सम्मान पनि पाएका छन् । ११ जना नेपालीले त बेलायतकै सबै भन्दा ठूलो सैनिक सम्मान भिक्टोरिया क्रस समेत पाएका छन् ।
कयौं गोरखा सैनिकहरुले देखाएको साहश विशेष र गर्व गर्न लायक छ । त्यस मध्धेका हरि बुढा मगर, ज्ञानराज राई र टोल खाम्चाले बृटिश आर्मीमा रहेर यो देशलाई लगाएको गुन र उनीहरुको वीरताको कथा यस पटकको ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं ।
पुरा कथा भिडियोमा: https://youtu.be/C3uiY4_oj7g?si=5heXIL5EPHMsdfLU