प्रत्यक्ष प्रशारण गर्न नपाएको झोंक मुकुलले पोखे मिडियामा

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (बुधबार) वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको थियो । सो बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले समीक्षा प्रतिवेदन पेश गर्ने कार्यतालिका तय भएको थियो । आफूले तयार गरेको प्रतिवेदन पेश गर्ने बैठकको प्रत्यक्ष प्रशारण गर्न उनले माग गरेका थिए । तर, अधिकांश केन्द्रिय सदस्यहरुले प्रत्यक्ष प्रशारण गर्न उपयुक्त नहुने भन्ने राय दिएपछि पार्टी सभापति रवि लामिछाने महामन्त्रीको प्रस्ताव अस्वीकार गरे ।

यता, महामन्त्री ढकालले भने आफूले भनेजस्तो नभएको भन्दै अभिव्यक्ति स्वतन्त्रता नै हनन भएको बताए । महामन्त्री ढकालले त्यसो मात्रै भनेनन् कि मुखमा मास्क र मास्कमाथि कालो टेप लगाएर बैठकमा उपस्थित भए र उनले प्रतिवेदननै पेश गरेनन् ।

बैठकमा महामन्त्रीले पेश गर्नु पर्ने प्रतिवेदन पेश नगरेपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेका थिए । प्रतिवेदन भने ३३ पेज लामो थियो । बैठकमा रुष्ट भएका उनले समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव चाहिँ मिडियामार्फत सार्वजनिक गरिदिएका छन् ।

समीक्षा प्रतिवेदन Link :https://drive.google.com/file/d/1LATMRWjeItJCpNiUofjfqDctOX5rTwbx/view

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?