साझा कथा । शेरबहादुर देउवा र केपी ओलीबीच रातको १२ बजे सत्तासमीकरण परिवर्तन गर्ने सम्झौता भएसँगै देशको राजनीति संकटको द्वारमा छ । एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड आजको दिनसम्म पनि प्रधानमन्त्रीको रुपमा विराजमान छन् । उता, एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेका छन् । आजको अवस्था हेर्ने हो भने देउवा र ओलीबीचको सहमति अनुसार केपी ओली प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका छन् भने प्रचण्ड धोका दिएर सत्ता परिवर्तन गरेका ओलीलाई सजिलै प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्ने पक्षमा देखिदैनन् । तथापी, अल्पमतमै रहेपनि प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिने बताइसकेका छन् । के प्रचण्डले यो बीचमा कुनै राजनीतिक उथलपुथल गर्न सक्लान् ? ब्राभो डेल्टा शोमा भूषण दाहालसँग राजनीतिक विश्लेषक राजेश अहिराज ।
राजनीतिमा संकट चुलिदै गर्दा राजेशले गरेको ‘देश विश्लेषण’ (भिडियो)
तपाईलाई केहि भन्नु छ ?