सपथको बेला भनिएको ‘त्यो पर्दैन’ भन्ने शब्द तपाईंलाई कत्तिको याद छ ? याद छ निः एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिँदा त्यसै भनेका थिए ।
तर, यस पटकको सपथ चाहिँ सुन्नु भयो कि सुन्नु भएन ? उही केपी ओली पुनः प्रधानमन्त्री हुँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिए । तर, सपथ लिँदा यस पटक चाहिँ किन ‘त्यो पर्दैन’ भनेनन् होला ?
सपथका क्रममा (सत्यनिष्ठा पूर्वक ‘प्रतिज्ञा गर्छु’) भन्नु पर्नेमा ओलीले ‘सत्यनिष्ठा पूर्वक’ भने तर प्रतिज्ञा गर्छु भनेनन् ।
देशमा नयाँ प्रधानमन्त्री भएपछि देशको उच्च र सम्मानित संस्थाका रुपमा रहेको राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिबाट सपथ लिने परम्परा छ । यो चलिरहेकै छ र यस पटक केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री हुँदासम्म पनि चल्यो नै । तर, यस अघि आफ्नै पार्टीका नेता राष्ट्रपति हुँदा ओलीले गरेको त्यो व्यवहार भने कसैलाई पाच्य भएन – भाइरल नै बन्यो ‘त्यो पर्दैन’ ।
संवैधानिक व्यवस्था र कानुनले तोकिएका शब्द प्रधानमन्त्रीले सपथको समयमा भन्नु पर्छ, नभन्नका लागि छुट छैन । ईश्वर वा देश र जनताका नाममा सपथ लिन्छु भन्ने शब्दमा भने ईश्वर वा देश र जनता मध्येमा एक रोज्न पाउँछन् । तर, प्रतिज्ञा गर्छु भन्ने शब्न नभन्न पाउँदैनन् ।
एवम्रितले यस पटक सपथका लागि तयार गरिएको ढाँचा उस्तै थियो । तर, यस पटक ओलीले सर्वोच्च संस्थाप्रति त्यस्तो अशोभनीय व्यवहार देखाएनन्, शिष्टाचारको पालना पनि पूर्ण रुपमा गरे ।
विगत र वर्तमानका फरक यी दुुई दृष्यले केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री हुँदा सुध्रिएका हुन् कि तत्कालिन महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेपेका हुन् त ? ओलीको त्यतिखेरको व्यवहार के हेपाहा प्रवृत्तिको पराकाष्ठा हो ? कि आफ्नै पार्टीको हो, मैले नै बनाएको राष्ट्रपति हो जे गरेपनि हुन्छ भनेर हेपेका ? कि त अरु केहीकेही… ? अनि, विश्वले हेरिरहेको संवेदनशील विषय माथि राष्ट्रपति विद्यादेवी भण्डारीको त्यो हल्का एक्शन वा रियाक्शन के सुहाउँदो थियो त ? प्रधानमन्त्री आफैले सर्वोच्च संस्थामाथि सम्मान प्रकट नगरे कस्ले गर्ने ?
भिडियो तलका लागि लिंकः https://www.facebook.com/watch?v=1419425255386812