अस्थिरतामा छलाङ मार्दै नेपालः १५ वर्षमा १४ प्रधानमन्त्री (भिडियो)

Featured Video Play Icon

नेपालले विश्व राजनीतिमा हुने निरन्तरको सत्ता परिवर्तनको क्षेत्रमा विश्व इतिहास रचेको छ । युरोपेली मुलुुक फ्रान्सको चर्चित पत्रिका ले मोन्डेलेः नेपालः द वल्र्ड च्याम्पियन अफ पोलिटिकल इनइस्टाबिलिटी अर्थात राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन शिर्षक समाचार छापेको छ । यसले विश्वभरमा नेपालको अस्थिरतालाई उदांग्गो बनाएको छ । पत्रिकाले लेखेको छ सानो हिमाली गणतन्त्रमा १५ बर्षमा १४औं प्रधानमन्त्री नियुक्त भएका छन् र राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपाले सबैभन्दा उच्च स्थान प्राप्त गरको छ । पत्रिकाले नेपालमा हरेक बर्ष जस्तो नयाँ नयाँ प्रधानमन्त्री आउने जाने गरिरहने उल्लेख गरको छ ।

कम्युनिष्ट पार्टीहरु आपसमा नमिल्ने र सत्ताकै लागि कहिले को सँग त कहिले कोसँगै मिल्लने गरको पनि पत्रिकाले उल्लेख गरको छ । पत्रिकालेः अस्थिरता र बेरोजगारिका कारण नेपालका युवाहरु विदेशिने बाध्यतालाई संस्कार र संस्कृतिकै रुपमा विकास हुँदै गएको उल्लेख गरेको छ ।
सन् २०२२ को तत्थ्यांक अनुसार फ्रान्समा अपरान्हकालिन मोन्डेको सर्कुलेसन औसमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार बढि प्रति बिक्री हुने गरेको छ । अहिले अनलार्ईन संस्करणको यो समाचारले सबैको ध्यान तानेको छ । स्थिरताको हवाल दिँदै गठन भएको ओलि नेतृत्वको सरकारले साँच्चै स्थिरता प्रदान गर्ला ? अनि जनतामा आशाको संचार गरी पत्रिकाले लेखेजस्तो विदेशिन बाध्य नेपाली युवालाई नेपालमै रोकी रोजगारि वा उद्यमशिलताको वातावरण सृजना गर्नसक्ला ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?