‘क्यान्सर जितेकी अम्बिका निमोनियासँग हारिन्’ (भिडियो)

Featured Video Play Icon

साझा कथा । चार वर्ष अघि मात्रै क्यान्सर जस्तो प्राणघातक रोग जितेकी द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ ।

सफल महिला उद्यमीको रुपमा परिचित उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ९१ वर्षकी थिइन् । दुई महिनायता उपचाररत उनको आज निधन भएको हो । उनी निमोनियबाट पीडित थिइन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का संस्थापक अध्यक्षसहित पर्यटन उद्योगका विभिन्न संघसंगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेकी श्रेष्ठको दुई छोरी छन् । उनको श्रीमान् र छोराको भने यसअघि नै निधन भइसकेको छ ।

श्रेष्ठको भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?