विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – ददी सापकोटा
विगत दुई दशकदेखि फ्रान्समा बस्दै आएका सापकोटा युरोपको नेपाली समुदायमा लेखक तथा पत्रकारको रुपमा चर्चित नाम हो । उनले युरोपमा नै बसेर ‘पन्छी जगत’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’ र ‘वनको वैभव’ लगायतका पुस्तकहरु लेखेका छन् । यस पटक उनै सापकोटाको कथा ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं । लामो समयदेखि सापकोटा फ्रान्समा सरल जीवन बाँचिरहेका छन् र आफ्नो रुची अनुसारकै काममा रमाइरहेका छन् ।
पुरा कथा भिडियोमा: https://www.youtube.com/watch?v=OMD5XK1niFE