नेपालमा गर्न सके अवसर नै अवसर: ढकाल (भिडियो)

Featured Video Play Icon

अर्थतन्त्रको विषयलाई लिएर गत साता नवनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र उनकै समर्थनमा बनेका निवर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनबीच निकैबेर दोहोरी चल्यो । दुबैले आफू अनुकूलको तर्कहरु पेश गरे ।

ओलीले संबोधनको सुरुवातमै अर्थतन्त्र डामाडोल रहेको र २०४६ साल पछिकै निराशजन्य स्थितिको चित्रण गरे । आयात निर्यात घटेको, लक्ष्य अनुसार राजश्व उठ्न नसकेको, बैंकमा पैसा थुप्रिँदासमेत व्यवसायीहरु लगानी गर्न उत्साहित नभएको, कर्जा विस्तार नभएको ओलीको टिप्पणी थियो । उता, निवर्तमान अर्थमन्त्री वर्षामान पुनले २०७४ को चुनावलगत्तै ओलीकै नेतृत्वमा २ तिहाइको सरकार बनेपछि अर्थतन्त्र खस्कँदै गएको टिप्पणी मात्र गरेनन् कि तत्थ्याङ्कनै प्रस्तुत गरे ।

ओलीले निजी उद्योगी व्यवसायी मरिच झैं चाउरिकएको बताइरहँदा पुनले निजी क्षेत्र निराश नभएको बचाउ गरे । नेपालको अर्थतन्त्रका विषयमा संसदमा चलेको दोहोरीमा त आम मानिसका लागि चासोको विषय नहोला तर निजी क्षेत्र, युवा उद्यमी एवं विदैशिक लगानीका लागि अहिले देखिएको वातावरण कति अनुकूल छ त ? व्यवसायीहरुले तत्कालिन सरकारबाट अपेक्षाकृत सहयोग कत्तिको पाए र वर्तमान सरकारबाट के अपेक्षा गरेका छन् त ? यस पटक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग भूषण दाहालले रोचक कुराकानी गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?