विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, लामो समयदेखि लक्जम्बर्गमा आफ्नो छवि र देशको नाम चिनाएका एक व्यक्ति हुन् – नारायण गुरुङ्ग जो पेशाको हिसावले रेष्टुराँ ब्यवसायी हुन् र यहाँका नेपालीको अभिभावक पनि, त्यहाँका राजा, प्रधानमन्त्री र उच्च तहका सरकारी अधिकारीसंग गुरुङ्गको निकै राम्रो सम्वन्ध छ । कतिपय विषयमा यहाँका प्रधानमन्त्री र उच्च पदस्थ अधिकारीहरुले गुरुङ्गसँग सल्लाह समेत माग्छन् । त्यसो त, त्यहाँका मानिसहरुसंग उनको जतिसम्वन्ध छ, लक्जम्बर्गलाई पनि त्यति नै नजिकबाट बुझेका छन् ।
गुरुङ्गले त्यहाँ ब्यवसायसंगै नेपाल, नेपालका ठाउँहरु, नेपाली कला र संस्कृतिको प्रवद्र्धन पनि गर्दै आएका छन् । रेष्टुराँभित्र नेपाल चिनाउने सामाग्री त छँदैछ, रेष्टुराँ अगाडि नेपालको ठूलो झण्डा राखेका छन्, जसका कारण यहाँ आउनेहरु झण्डा र नेपालबारे चासो राख्छन् । कयौंलाई त गुरुङ्गले नेपाल लगेका छन् र आफुसंगै सामाजिक सहयोगमा संलग्न समेत गराएका छन् ।
बाकि कथा भिडियो मार्फत: https://youtu.be/7gbdprHNTRw?si=Nbrm0SkQHftHFzY3