फ्रान्स भित्र मिनी नेपाल बनाएका रविन शर्मा (भिडियो)

Featured Video Play Icon

पछिल्ला बर्षहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको देशमा पर्छ फ्रान्स । यहाँ नेपालीहरु विभिन्न क्षेत्रमा संलग्न छन् । तर पनि अन्य युरोपियन मुलुकमा जस्तै रेष्टुराँ ब्यवसायमा केहि नेपालीहरु जमेका छन् । जसमध्ये एक हुन्, पेरिसलाई कर्मथलो बनाएका रविन शर्मा ओली ।

रविनको रेष्टुराँ भित्र प्रवेश नेपाल झल्कने कला मात्रै देखिन्न, नेपाली संग्रहालय नै छिरेको अनुभूति मिल्छ । त्यसो त गुणस्तरको दृष्टिले पनि पेरिसकै उत्कृष्ट रेष्टुराँहरु मध्येको एकमा पर्छ ।’उनको रेष्टुराँमा आउने जो कोहीको नजर खानाका मेनुमा भन्दा पहिला नेपाली मौलिकतामा पर्छ ।

आफूले गरेको प्रयासकै कारण कयौं फ्रान्सेलीहरु नेपाल घुम्न जाँदा रविन दंग पर्छन् । केही बर्ष अघि उनको यो समा द हिमालयले कुइजिन दु मोंद अन्तर्गत पापिए दोर अर्थात सर्वश्रेष्ठ स्वादको पुरस्कार जितेको थियो । जुन पुरस्कार पाउने रविन पहिलो नेपाली मात्रै नभएर पहिलो एशियाली रहेछन् । त्यसवाहेक अन्य थुप्रै अवार्डहरु हात पारेका छन् र अहिले पेरिसमा ५ वटा रेष्टुराँ चलाउँछन् । सोही ठाउँलाई कर्मथलो बनाइ व्यवसायीमा जमेका रविनसँग उनको जीवन संघर्ष र सफलताका कथा यस पटकको ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं ।

बाकि कथा भिडियो मार्फत: https://www.youtube.com/watch?v=n9l9XcH8QQI

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?