नेपालमा ऊर्जाको सम्भावना (भिडियो)

Featured Video Play Icon

नेपाल चीन र भारत बिचमा अवस्थित भूमिद्वारा घेरिएको देश हो । हाम्रो जलस्रोतबाट करीब ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भए पनि उत्पादन शुरू गरेको एक शताब्दी वित्दा पनि ७ सय मेगावाटमा सीमित हुनु परेको छ ।

बढ्दो औद्योगिकीकरण, सवारी साधनहरूको बढ्दो माग, यातायात क्षेत्रमा भएको तीव्र वृद्धि, विद्युतीय सामानप्रतिको आकर्षण, दिनानुदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा ऊर्जाको माग बढ्दो छ । यसले हरेक राष्ट्रमा ठूलो चुनौती थपेको छ । कुनै पनि देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त हो जसको अभावमा विकासको महारथ गुडाउने कल्पना पनि गर्न सकिँदैन । कुनै पनि मुलुक कति वैभवशाली छ भन्ने कुराको मापन त्यस देशले उपयोग गर्ने प्रतिव्यक्ति ऊर्जाको अनुपातले गर्छ ।

कोइला, खनिज तेल, ग्यास, कार्बन आदि ऊर्जाका प्रमुख स्रोत हुन् । त्यसो त ऊर्जा कुनै पनि मुलुकका लागि विकासको आधार पनि हो । किनकि ऊर्जा उपयोगको दरले नै राष्ट्रिय विकास मापदण्डको प्रतिनिधित्व गरिरहेको हुन्छ । ऊर्जा बनाउनुमात्र होइन,बचाउनु पनि ठूलो काम हो । त्यसैले, ऊर्जा बचत, ऊर्जा संरक्षण, लेबलको अनिवार्यता, रद्धी सामान र लो ग्रेडका बिजुली सामानमा प्रतिबन्ध ऊर्जाका चुनौती हुन् नेपालले सामना गरिरहेका । इनर्जी अडिट, इनर्जी इफिसियेन्सी, सचेतना र पाठ्यक्रममा यस्ता विषय समावेश आजका आवश्यकता हुन् ।

पछिल्लो समयमा भने ऊर्जाका विभिन्न आयामहरुमा बहस हुन थालेका छन् । यसै सन्दर्भमा रहेर ऊर्जाको क्षेत्रमा आबद्ध विभिन्न निकायका व्यक्तिहरुसँग गरिएको वैकल्पिक ऊर्जा बहस पस्केका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?