हुम्लाको माथिल्लो क्षेत्रमा चौरीहरू यातायात र जीविकोपार्जनको मुख्य स्रोत हुन् । यी बलिया जनावरहरू चरम मौसमीय अवस्थाहरू सहन सक्छन् । बलियो र थप सहनशील जातहरू विकास गर्न चौरीलाई प्रायः गाईहरूसँग क्रस गर्ने प्रचलन पनि छ । हुम्लाको माथिल्लो क्षेत्रमा चौरीहरू मानिसका साथी हुन् भन्दा फरक पर्दैन ।
चौरीहरु वातावरणसँग निकटता राख्छन् । चौरीका गोबर सङ्कलन गरेर सुकाई इन्धनको रूपमा पनि प्रयोग गरिन्छ । चौरीको रौंबाट लुगा बनाइन्छ भने मौसमी रूपमा उत्पादन हुने दूधबाट चीज बनाइन्छ । त्यसैले चौरीलाई बहुलाभदायी जनावरको रुपमा पनि लिइन्छ । तर, चौरीलाई पालतु बनाउने र पालन गर्ने चुनौतीहरू प्रायः लाभ भन्दा बढी हुन्छन् ।
सीमित चरन क्षेत्र हुनुु, कठोर वातावरणीय अवस्था भोग्नु पर्ने, हिउँदमा खाना कै अभावले गर्दा चौरीहरू आफ्नो जीवन जिउन मानिससँग कठोर संघर्ष गर्नुपर्छ । उनीहरुले मानिससँग खाना, पानी, र बसोबासका लागि नै लड्नुपर्छ । बहुलाभदायी चौँरीहरु बाँच्नकै लागि संघर्ष गर्नु परेपछि उनीहरु विभिन्न परजीवीहरूको सिकार बन्न पुग्छन् । जस्तैः स्ट्रङगिल्स, एस्केरिस, ब्लास्टोसिस्टिस र टोक्सोप्लाज्मा गोन्डी जसले बिरालो, कुकुर र अन्य जङ्गली जनावरहरूसँग स्रोतहरू साझा गर्छन् र मानिसहरूमा पनि सर्न सक्छ ।
चौरीहरूले हुम्लाका मानिसहरूसँग खाना पकाउँदा, पिउँदा, नुहाउँदा र अन्य कामका लागि प्रयोग गर्ने पानीका स्रोतहरू साझेदारी गर्नुपर्छ । यस अवस्थाले हुम्लाका मानिसहरूलाई विभिन्न रोग जस्तैः पखाला, डिसेन्ट्री, सर्ने जठरांत्र परजीवीहरूको उच्च जोखिममा पर्छन् । परजीवी विरोधी औषधि र उचित स्वास्थ्य सेवा सुविधाहरूको अभावले यो समस्या झन् विकराल बन्छ र यी रोगहरू नियन्त्रण बाहिर पुग्छ ।
यस समस्यालाई समाधान गर्न पशुधनीलाई नजिकबाट अनुगमन गर्न, उचित वातावरणहरू कायम राख्न र नियमित रूपमा परजीवि विरोधी उपचारहरू प्रदान गर्न सरकारसँगको सहकार्यमा आवश्यक छ । एक स्वास्थ्य दृष्टिकोणलाई जोड दिँदै हुम्लाका मानिसहरूलाई परजीवि सङ्क्रमण तथा पशुधनी र चौँरीबीचको सम्बन्धका विषयमा शिक्षा दिन महत्वपूर्ण छ । यसको ज्ञान नहुँदा बेलाबखत पशुपालकहरुले ठूलो नोक्सानको सामना गर्नु परेका छन् र अन्ततः वार्षिक सयौँ चौँरी, भेडाबाख्रा र गाईवस्तुहरूको क्षति हुने गरेको छ । यस्ता गम्भीर विषयमा सोच्न ढिलाइ नगरौं ।
- धर्म आचार्य
(लेखक जुम्लाका स्थानीय हुन् ।)