विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् ।
यस्तै, जुन कामबारे बेलायत र अन्य देशका नागरिकले सोच्नसम्म भ्याएका थिएनन्, त्यस्तो कामलाई सिर्जनशील र नवीन उद्यमको रुपमा स्थापित गर्ने नेपाली चेलीको नाम हो रुवी राउत । रुवीले अहिले जुन स्थान बनाएकी छिन्र जुन तहको उद्यम हाँकिरहेकी छिन्, त्यहाँसम्म को कोहि पुग्न सक्दैन् ।
१३ बर्ष अघि विद्यार्थीको रुपमा बेलायत आउँदा रुवीसंग खासै ठूलो सपना थिएन । थियो त केबल सहज जीवन जिउने चाहना, आर्थिक अभाव त छँदै थियो, त्यो भन्दा धेरै संघर्ष र पीडा थियो ।
हेल्थ एण्ड सोसल वेलफेयर पढ्न थालेकी रुवीले आर्थिक अभावकै कारण त्यसलाई पुरा गर्न सकिनन् । र पनि हिम्मत भने हारिनन् । उनले ट्वाइलेट सफा गर्ने, फूल बेच्ने, रेष्टुराँमा काम गर्ने जस्ता हरेक काम निसंकोच गरिन् । त्यसपछि इन्भाइरोमेन्टल साइन्समा ब्याचलर गरिन् । तर पनि सोचे जस्तो पेशा वा
जागिर भेटिनन् । यस्तै निराशाका विच उनले आफैं केही गर्ने प्रण गरिन् ।
आफू किशोरी हुँदा महिनावारीका बेला भोगेको समस्या रुवीले बेलायतमा पनि देखिन् । त्यसैले कहिनावारीका बेला भोग्नुपर्ने कष्टबाट मुक्ति दिलाउने वातावरणमैत्री र पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड जस्तै नयाँ केहि चिज वनाउन लागिन उनी र उनको नवीन उद्यमको जन्म त्यहीं सोंचबाट भयो ।
बेलायतमा भने जस्तो जागिर पाउन मुश्किल छ । त्यसमाथि आफ्नै नयाँ उद्यम गर्ने कुरा त जो कोहीले आँट्न त के सोंच्न समेत सक्दैनन् । तर रुवीले नितान्त नयाँ उद्यम स्थापित मात्रै गरेकी छैनन्, उनको उका ब्राण्ड विश्वकै उत्कृष्ट मध्येको एक र बेलायतको सवोत्कृष्ट ब्राण्ड बनेको छ ।
सोही ठाउँलाई कर्मथलो बनाइ व्यवसायीमा जमेकी रुवीसँग उनको जीवन संघर्ष र सफलताका कथा यस पटकको ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं ।
बाकि कथा भिडियो मार्फत: https://www.youtube.com/watch?v=1VtwidRakK0