“हिमालयन वाइल्ड याक”ले विश्व चिनिएका दीपको कथा: भाग- १ (भिडियो)

Featured Video Play Icon

काभ्रेको खार्ता गाउँमा जन्मेका दीप जर्गा मगर जो एस.एल.सी. सकेपछि काम र दामको अपेक्षामा काठमाडौं आए र त्यहाँ एक रेष्टुरेण्टमा भाडा माझ्ने काम गर्न थाले काम गरेको पैसा समेत नपाएका उनले पछि त्यो काम छोडे र अर्को रेष्टुरेण्टमा टेबल सफा गर्ने काम पनि गरे काम गर्दै जादा दीपले दुबई या कतार जाने सोच बनाइसकेका थिए । तर एक्कासी उनको सोचले नयाँ मोड लियो र यात्रा सुरु भयो अमेरिकाको, बिभिन्न क्षेत्रमा १९ वर्ष लामो कामको अनुभव बटुलेका दीप अहिले अमेरिकाको भर्जिनियामा अवस्थित एक रेष्टुरेण्टका मालिक बनेका छन् ।

विश्व बजारमा “हिमालयन वाइल्ड याक रेष्टुरेन्ट”का नामले परिचित उनै दीप जर्गा मगरको संघर्षको यात्रा “दि ब्राबो डेल्टा शो” मा पस्केका छौं । जो हाल अमेरिकाको भर्जिनीयामा बसेर ‘हिमालयन वाइल्ड याक’ नामक रेष्टुरेन्ट व्यवसाय चलाइरहेका छन् ।

भिडियो हेर्नका लागि LINK: https://youtu.be/MmocTVHAa34?si=lw0YB0DN-W6_FdhY

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?