कमल गाउँलेको २४औं गाईजात्रे कोसेली ‘भिषण ८४’ सार्बजनिक

Featured Video Play Icon

साझा कथा । चर्चित हास्य कलाकार कमल गाउँलेले यस वर्षको गाईजात्राको अवसरमा २४औं गाईजात्रे कोसेली ‘ भिषण ८४’ सार्बजनिक गरेका छन्।

गत वर्ष उनले ‘काण्डै काण्डको देश’ मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् भने नेपाली खेल क्षेत्र र चलचित्र क्षेत्रको बारेमा समेत बोलेका छन् । ‘भिषण ८४’ गाईजात्रे कोसेली कलाकार कमल गाउँलेले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

यसमा उनले मुलुकमा भएका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति सुन लगायतका चर्चित काण्डहरुलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाएका छन् । उनको गाईजात्रे प्रस्तुतिभित्र ‘धन्य मेरो देश’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् । गाउँलेले २४ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन्

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?