काठमाडौं प्लाजा नजिकको सडक भासियो

साझा कथा । काठमाडौं महानगरपालिकाको नजिक प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ । महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।
दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक भासिँदा बिहीबार रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?