विश्व मानचित्रमा ठूलो र सम्पन्न मुलुक जर्मनी । नेपाल र जर्मनीविच मित्रवत सम्बन्धको लामो इतिहास छ । अध्ययन तथा अन्य अवसरका लागि यहाँ आइपुग्ने नेपालीको संख्या पनि ठूलै छ । जसमध्ये केही नेपालीहरुले आ–आफ्नो क्षेत्रमा उल्लेख्य सफलता हासिल गरिरहेका छन् ।
यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका व्यक्ति हुन् – कुमार पन्त
दुई दशक भन्दा लामो समयदेखि जर्मनीमा रहेका पन्त यहाँका सफल होटल व्यवसायी र गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष पनि हुन् । २७ बर्ष अघि विद्यार्थीको रुपमा युरोप आइपुगेका पन्त कामको खोजी गर्दै २५ बर्षअघि जर्मनी आइपुगेका थिए । एउटा होटलमा सामान्य कामदारको रुपमा प्रवेश गरेका पन्तलाई त्यही कामले ब्यवसायको बाटो देखायो । र, आज आफैँ ५० वटा होटलका मालिक बनेका छन् ।
गोरखाको दुर्गम गाउँबाट विभिन्न अभाव र अवरोध झेल्दै युरोप आइपुगेका पन्तको कथा जो कोहीका लागि प्रेरणा बन्न सक्छ । युरोप आउदैमा सम्पन्नता संगै आउदैन । त्यसका लागि निकै ठूलो त्याग र संघर्ष गर्नुपर्छ । पन्तले त्यही गरे । कुनैबेला गुजारा टार्नकै लागि होटलमा सामान्य मजदुरका रुपमा काम गरेका पन्तसंग अहिले जे छ, त्यो जो कोहीले सजिलै प्राप्त गर्न सक्दैन । एउटा नेपालीले जर्मनीमा यो लकी व्यवसाय गरिरहेको छ र नेपालका कयौं परियोजनामा समेत उसको उल्लेख्य लगानी छ भन्दा कुन नेपालीलाई गर्व नलाग्ला र ।
यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका अर्का व्यक्ति हुन् – जीवा लामिछाने
जीवा लामिछाने को हुन् चिनाइरहनु पर्दैन । उनी सन् १९८६ मा अध्ययनको लागि युरोप छिरेका थिए । झण्डै चालीस बर्षअघि इन्जिनियरिङ्ग अध्ययनका लागि तत्कालीन सोभियत संघ आउँदा युरोपमै व्यवसाय गर्नेबारे उनले सायदै सोचेका थिए। तर, आज उनी संसारभरका नेपालीमाझ सफल ब्यवसायी र लेखकका रुपमा चिनिन्छन् ।
रुसमा सिभिल इन्जिनियरिङ्गको पढाइसँगै सामान्य क्याफे र पसल संचालन गर्ने लामिछानेले जब मस्कोमा विद्युतीय सामानको ब्यपार सुरु गरे त्यसपछि उनको ब्यवसायिक यात्राले फड्को मार्यो । अहिले कुमार पन्तसंगको साझेदारीमा ट्रिप इन होटल ग्रुपका संचालक रहेका लामिछाने नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् ।
पुरा कथा भिडियोमा: https://youtu.be/gOeqq_b_P4Q?si=GZbVhagTmxOmBRfS