इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता सुरु (तस्बिरसहित)

साझा कथा । हाइप यति इभेन्टको आयोजनामा प्रथम इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंको चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु भएको छ ।  उद्घाटन कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी, ‘मिस्टर नेपाल २०१९’का विजेता डा. सन्तोष उपाध्याय र ‘मिस्टर सुप्रा नेसनल २०२४’ का विजेता तथा राष्ट्रिय भलिबल खेलाडी धिरोज काजी बस्नेतको सहभागिता रहेको थियो ।

३२ कलेजले सहभागिता जनाएको उद्घाटनको पहिलो खेलमा लुम्बिनी एकाडेमी र एभिएस कलेज बीच प्रतिस्पर्धा भयो । ४ दिनसम्म चल्ने खेल नकआउट चरणमा खेलाइएको छ । नेपालमा पछिल्लो समयमा क्रिकेट खेलप्रतिको क्रेज बढ्दो छ । सोही कारण विद्यार्थी जीवनबाटै खेल निपुर्णता ल्याउन यस किसिमको इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।

 

प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले पनि जनही ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तस्बिरः प्रकाश गोपाली/साझा कथा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?