सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ सम्पन्न (फोटोसहित)

साझा कथा । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ शुक्रबार सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा उपस्थित महानुभावहरुलाई बाग्मती प्रदेश प्रमुख ,चरण दास तिमल्सेनाले स्वागत मन्तव्यका साथ अभिनन्दन गरेका थिए । उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूमध्येबाट सर्वोत्कृष्टहरूलाई अवार्डबाट सम्मान गरिएको थियो ।

देशभरीबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ र ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।

व्यक्तिगत कोडमा बुटवल पाल्पा रोड शाखा अन्तर्गत कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखा अन्तर्गत कार्यरत गौरव कुमार शाहीलाई ‘सूर्यज्योति रत्न अवार्ड २०८१’ बाट ट्रफी र नगदसहित सम्मानित गरिएको थियो ।

त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सजिलो भुक्तानी बीमा योजना ’ र सावधिक जीवन बीमा योजना अन्तर्गत क्रमशः गौरव कुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा कम्पनीले एमडीआरटी २०२५ का क़्वालिफायार्स र चेयरम्यान क्लब अन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको थियो । कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो ।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखा मध्ये क्रमश: बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई शिल्डसहित भब्य रुपमा सम्मानित गरिएको थियो ।

उक्त अवसरमा कम्पनीका सञ्चालक हेमन्त नाहाटा र चुडामणि देवकोटा , प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत व्यवस्थापनका उच्च पदस्थ महानुभावहरुले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै अवार्ड तथा ट्रफी प्रदान गरेका थिए ।

देशभरीबाट बिजेता भएर आएका सहभागी सबैलाई सेल्स एंड मोटीभेसन स्पिकर श्य्यद अफ्ज़ल अहमदले सेल्स टुल्स र रणनीति सम्बन्धि सेशन मार्फत उत्कृष्ट स्किल्स सिकाएका थिए। उनले ठुलो सफलताका लागी ठुलै उद्देश्य र अठोट चाहिने बताए। उपस्थित सहभागीहरुले सो सेशनद्वारा आफूमा थप उर्जा र चेतना जागेको बताए ।

कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै आगामी वर्षको लक्ष्य प्राप्त गर्न आजै देखि सबै जनाले अठोट लिएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्काले ‘एजेन्सी अवार्ड नाइट-२०८१’लाई भव्य रुपमा सफल बनाउन साथ र योगदानगर्ने सम्पूर्णलाई बधाई दिनुका साथै सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बिमा कम्पनी तव मात्र बन्न सम्भव हुन्छ जव हामीले प्रदान गर्ने सेवाहरु, बिमा योजनाहरु र विश्वासनियतामा उत्कृष्टता प्रदान गर्दछौं ।’

कार्यक्रमका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले “जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अभिकर्ताहरुले आफ्नो टीम बिस्तार गर्नु ,कर्मचारीहरुले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बिमितहरुका लागि दरिलो बिश्वास दिएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए”।

साथै सूर्यज्योति लाइफ नेपालकै पहिलो ISO 2001:2015 Certified कम्पनि भएको र कम्पनिले समयसापेक्ष उत्कृष्ट बिमा योजना पस्किँदै आएको र बिमितहरुको सहजताको लागि नयाँ/नयाँ प्रबिधिमैत्री सेवा बिस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बिमीतहरुका लागि एकदमै उपयोगी भएको बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक हेमन्त नाहाटाले उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दै कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बिमा कम्पनीको रुपमा स्थापित गर्न हामी सबै एकजुट भएर लाग्नु बताए । साथै कम्पनीको यो यात्रामा साथ दिनुहुने आदरणीय अभिकर्ता ,अहोरात्र खटिनुहुने कर्मचारीहरु र सदैव मार्गनिर्देश गर्नुहुने नियमनकारी निकाय बीमा प्राधिकरण प्रति कृतज्ञ रहेको जनाए ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?