युवा नेता सुदेश पराजुली पोलिटब्यूरो सदस्यमा निर्वाचित

साझा कथा । एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । एकीकृत समाजवादीले बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।

जसमा नेकपा (एकीकृत समाजवादी)का विद्यार्थी नेता सुदेश पराजुली पार्टीको पोलिटब्यूरो सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन् । पार्टीको पोलिटब्युरो सदस्यको लागि भएको मतदानमा नेता पराजुली १५४ मतसहित निर्वाचित भएका हुन् । पार्टीमा विचार र संगठन दुवैतर्फ हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने युवा नेताको परिचय बनाएका पराजुली युवादेखि जेष्ठनेताहरुसम्मको पहिलो रोजाईमा परेका हुन । पार्टीको १०औं राष्ट्रीय महाधिवेसनवाट बनेको केन्द्रीय कमिटीको प्रथम बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरु निर्वाचित गरेको हो ।

पोलिटब्यूरो सदस्यमा निर्वाचित पराजुलीले विद्रोह, क्रान्तिप्रतिको निष्ठा र सच्चा कम्युनिस्ट पार्टी निर्माणको यात्रामा आफूलाई विश्वास र भरोसा गरी पोलिटव्यूरो सदस्यमा युवाहरूमा उत्कृष्ट मतकासाथ निर्वाचित गरेकोमा उनले भनेका छन् “तपाईंहरुको माया र सद्भावले क्रान्तिको अविचलित यात्री बन्न थप प्रोत्साहनको महसुस भएको छ । निर्वाचनमा निर्वाचित, सहभागी र सिगों केन्द्रीय कमिटी एकमना एकताकासाथ पार्टी निर्माणमा जुट्न समेत हार्दिक अनुरोध गर्दछु ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?