साझा कथा । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा गरेको हो ।
टोलीमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । टोलीमा देव खनाललाई भने ट्राभल रिजर्भ खेलाडीका रुपमा राखिएको छ । टोलीमा अन्य खेलाडी भने खासै परिवर्तन छैन ।
लिग २ मा नेपालले सेप्टेम्बर १६ पहिलो खेल क्यानडासँग खेल्दै छ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ । सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशनकुमार झा, करण केसी, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र देव खनाल (ट्राभलिङ रिजर्भ)