साझा कथा । नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टलिजेन्ट (एआई) र रोबोटिक्स विषयमा आधारित नेपाली उपन्यास बजारमा आउने भएको छ । डा. श्रीधर खनालको ‘सावर्णि’ नेपाली साहित्यमा पहिलो पटक (एआई)मा आधारित उपन्यास आउन लागेको हो । लेखक डा. खनाल बाल रोग विशेषज्ञ हुन् ।
उपन्यासमा अबका आउने दिनमा मानव भविष्यको कथा समेटिएको छ । पछिल्लो समयमा मानव जीवन यान्त्रिक हुँदै गएको जसले गर्दा मानिसले आफ्नो अस्तित्व र परिचय नै गुमाउने सम्भावना प्रबल छ । यही परिस्थितिलाई लेखक डा. खनालले कथा मार्फत पुस्तकमा प्रतिविम्बित गर्न खोजेका छन् ।
‘सावर्णि’ उपन्यासको प्रकाशन बुकहिलले गरेको छ । बुकहिलले यसलाई पहिलो नेपाली रोबोटिक्स फिक्सन बताएको छ । १७० पृष्ठको यो उपन्यासको मूल्य ४०० रूपैयाँ राखिएको छ भने उपन्यास असोज पहिलो साता लोकार्पण गर्ने तयारी गरिएको छ ।
तपाईलाई केहि भन्नु छ ?