साझा कथा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न भएको छ ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम भाद्र २५ गतेबाट भाद्र २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक सोन बहादुर मगरले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुलाई सम्मान गर्दै हौसला प्रदान गरेका थिए । साथै अभिकर्ता पेसालाई मर्यादित र प्रेरणादायी पेसा बनाएकोमा सबै सम्मानीहरुलाई धन्यवाद व्यक्त गरे ।
अभिकर्ता पेसाले आम्दानीको साथ साथै मान, सम्मान र अन्तर्राष्ट्रिय फोरममा समेत पहिचान बनाउन सकिने भएकाले यो पेसा उत्कृष्ट पेसा रहेको सीइओ प्रसाईले बताए ।
कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच विजय कुमार झाको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।