साझा कथाले कथा भन्छ । कथाकै शृंखलामा यस पटक हामी व्यवसाय र उद्यमशीलताको कथा भन्ने जमर्को गर्दैछौं । ‘दी ड्रिम’ एउटा खोजको कथा हो । जसले आत्मनिर्भरता र स्वरोजगारको बाटो रोज्यो, जसले कसैका लागि रोजगारीे सिर्जना गर्यो, जसले केही नयाँ सोच्यो, समाज र राष्ट्रमा सानो योगदान दिने जमर्को गर्यो र उद्यम/व्यवसायमै जीवन बिताउने प्रण ग¥यो । उनीहरुकै जीवन र उद्यम माथिको खोज र प्रवद्र्धनको एउटा नयाँ शृंखला हो – कार्यक्रम ‘दी ड्रिम’ । कार्यक्रम ‘दी ड्रिम’को पहिलो अंकमा The Next Nepal (TNN – Leather Bag) का CEO सन्दिप श्रेष्ठको सुरुवाती व्यवसायीक जीवन संघर्ष, सफलता र भविष्यबारे गरिएको भलाकुसारी प्रस्तुत गरेका छौं ।
कार्यक्रम हेर्नका लागि LINK : https://youtu.be/dhrJmnbiCFo?si=-DcWmI34vtUXOaNz
तपाईलाई केहि भन्नु छ ?