खोजपत्रकारिता मार्फत आफ्नो पहिचान बनाएका मोहन मैनाली नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माता पनि हुन् । मैनालीसँग पत्रकारिता क्षेत्रमा करिब २० वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
साथै उनका मुकाम रणमैदान, आकाशमुखी, उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश आदि चर्चित पुस्तक पनी प्रकाशन भएका छ्न । उनै मैनालीसँग साझा कथाका लागि सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’ भाग- ८ मा गरिएको किताबी संवाद प्रस्तुत गरेका छौं ।
भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर’ । परेर प्राप्त हुने सिकाइको पनि आफ्नै सीमितता छ तर ज्ञान असीमित छ । किताब र त्यसको पठनबाट प्राप्त हुने ज्ञानको परिधि भने विशाल छ । हामीले पढेरै यो सारा चराचर जगत् र मानव सभ्यता तथा संस्कृतिबारे जान्न सक्दछौं । पढाइले मानिसको चेतनास्तर बढाउनुका साथै कुनै पनि विषयलाई हेर्ने, बुझ्ने र धारणा निर्माण गर्ने मानिसको क्षमतालाई फराकिलो बनाइदिन्छ तथा जिज्ञासु स्वभाव वृद्धि गर्छ ।
कार्यक्रम हेर्नका लागि LINK: https://youtu.be/HybG8CKAdfE?si=LEXuLhliyElHLEOz