साझा कथा । कमजोर ब्याटिङ का कारण नेपालले क्यानडामा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलमा खेल घरेलु टोली क्यानडासँग लज्जासपद हार बेहोरेको छ ।
जितमा लागि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुदै १५० रनमा समेटियो । कमजोर ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भयो । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । नेपालले यसअघिका तीन वटै खेलमा जित निकालेको थियो ।
नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन जोडे । ओपनर कुशल भुर्तेलले १, आसिफ शेखले २०, भीम सार्कीले १८, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८, सोमपाल कामीले ६, सन्दीप लामिछानेले २२ र गुलशन झाले १५ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले दोहारो अंकको रन जोड्न सकेनन् ।
बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले ११ विकेट लिए । यो सिरिजमा अब नेपालले दोस्रो खेल बुधबार ओमानसँग खेल्नेछ ।