दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि-ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसिसी०ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् ।

विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र छन् ।

यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए । दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ । ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन् । टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ । यस्तै, भारत शीर्षस्थानमा यथावत छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?