मीन भाम नेपाली चलचित्रका निर्देशक हुन् । पछिल्लो समयमा शाम्बाला जस्तो चर्चित चलचित्र निर्माण गरे चर्चामा आइरहेका मीन साहित्य लेखनमा पनि उत्तिकै अब्बल मानिन्छन् । थोरै चलचित्र निर्माण गर्ने तर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बन्ने उनका फिल्म थुप्रै चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेका छन् । उनै मीनसँग यस पटक ‘पढ्छ किताब नेपाली’मा भुपेन्द्र खड्काले चलचित्र, साहित्य लेखनी र किताबका कुरा गरेका छन् ।
तपाईलाई केहि भन्नु छ ?