डेंगु संक्रमणका कारण पर्यटनका पायनियर मिश्रको निधन (भिडियो)

Featured Video Play Icon

साझा कथा । पर्यटन क्षेत्रका पायनियर व्यक्ति वशन्तराज मिश्रको निधन भएको छ । केही दिन अघि डेंगु संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको आइतबार निधन भएको हो ।

पाँच दशक बढी समयदेखि पर्यटन क्षेत्रमा कृयाशील ७३ वर्षका मिश्रले चार दशक अघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनी हाल भेन्चर ग्रुप अफ् कम्पनीका अध्यक्ष थिए । जस अन्तर्गत टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, अपार्टमेन्ट लगायतका व्यवसाय सञ्चालनमा छन् ।

केही समय अघि साझा कथासँगको कुराकानीमा उनले नेपाल पर्वतारोहणकै कारण विश्वभर परिचित रहेको भन्दै हिमालको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा जोड दिएका थिए । सिजनेवल पर्यटन चलिरहेको नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सक्यो भने नेपालले पर्यटनबाट ठूलो फड्को मार्न सक्ने उनको तर्क थियो । जसका लागि नेपाल सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।

मिश्रको आइतबारै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतको भनाइ छ । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?