अद्वेत वेदान्तका विषयमा वेदान्ताचार्य नगाधिराजको कुरा (भिडियो)

साझा कथा । वेदान्ताचार्य नगाधिराजको खास नाम पर्वतराज घिमिरे हो । पर्वतराज घिमिरेले महेश संस्कृत गुरुकुल देवघाटबाट वेदान्तमा आचार्य गरे र उनका गुरुले नगाधिराज नामको उपमा दिएपछि पर्वतराज घिमिरेले आफ्नो नाम नै वेदान्ताचार्य नगाधिराज बनाए । उनी अहिले यसै नामबाट परिचित छन् । उनी पेशाले शिक्षक हुन् । सैनिक महाविद्यालय भक्तपुरमा नेपाली भाषा विषय अध्यापन गराउँछन् । तर, उनी संस्कृत विषयको अध्यता र अनुसन्धानकर्ता पनि हुन् । उनले संस्कृत विषयका थुप्रै पुस्तकहरु परिमार्जनमा ठुलो योगदान गरेका छन् । साझा कथाका लागि यस पटक कार्यक्रम प्रस्तोता निश्चल आचार्यले उनै वेदान्ताचार्य नगाधिराजसँग शंकराचार्यद्वारा प्रतिपादित अद्वेत वेदान्तका विषयमा कुराकानी गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?