वि. सं. २००० मा भारतको कालिम्पोङमा जन्मिएका केदारभक्त माथेमा शहीद धर्मभक्त माथेमाका भतिज हुन् । विश्व निकेतन स्कूल, त्रिचन्द्र क्याम्पस र त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै उनले २३ वर्षको उमेरदेखि शिक्षण पेशा थालेका थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र जापानका लागि राजदूत भइसकेका माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । साहित्य, संगीत र संस्कृतिको गहन अध्ययन गरेका ८१ वर्षीय माथेमा नेपाली बौद्धिक समाजका सम्भवतः सबैभन्दा लोकप्रिय व्यक्तित्व हुन् । पढ्छ किताब नेपालीकाे यस एपिसोडमा हामी केदारभक्त माथेमासँग कुरा गर्दैछौं ।
तपाईलाई केहि भन्नु छ ?