हाम्रो नयाँ युट्युब भिडियोमा, हामीले विश्वप्रसिद्ध बेलायती न्यूरोसर्जन र लेखक हेनरी मार्शसँग गहन कुराकानी गरेका छौं। हजारौं जटिल मस्तिष्क शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेका मार्शले आफ्नो विशेषज्ञता र मानवतावादी दृष्टिकोणका लागि विश्वव्यापी मान्यता पाएका छन्। उनले नेपालका ख्यातिप्राप्त न्यूरोसर्जन डा. उपेन्द्र देवकोटासँग मिलेर नेपालको न्यूरोसर्जिकल क्षेत्रको उन्नतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उनको योगदान युक्रेनमा पनि फैलिएको छ, जहाँ उनले न्यूरोसर्जिकल सेवा सीमित स्रोतसाधनमा सुधार गर्न सहयोग पुर्याएका छन्। शल्यक्रियाको अनुभव, भावनात्मक चुनौती, र जीवनका गहिरा पक्षलाई समेट्दै उनका पुस्तकहरू ‘Do No Harm,’ ‘Admissions,’ र ‘And Finally’ पाठकहरूबीच व्यापक रुचाइएको छ। यो अन्तरवार्तामा, उहाँको प्रेरणादायी यात्रा र जीवनका अनमोल दृष्टिकोणहरूबारे विशेष चर्चा हुनेछ।