अंग्रेजी ग्रामरका गुरु चूडामणि गौतमको निधन

२०८१ फाल्गुन १३, मंगलवार
Featured Video Play Icon

साझा कथा । अंग्रेजी ग्रामरका गुरु भनेर चिनिने भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।फोक्सोमा पानी जमेपछि उपचारका लागि दुई साता अघि मेडासिटी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

अंग्रेजी ग्रामर लेखनमा प्रख्यात उनी तेह्रथुमको खाम्लालुङमा जन्मिएका हुन् । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनले लेखेको पछिल्लो पुस्तक हो ।

गौतमले १४ सय पृष्ठ लामो गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली-इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी दर्जनौं पुस्तक लेखेका छन् । उनीसँग केही समय अघिमात्रै साझा कथाका लागि कार्यक्रम अभिलेखमा प्रस्तोता दिपकबाबु अर्यालले कुराकानी गरेका थिए ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?