साझा कथा । नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरे । ‘रक्तदान जीवन दान, आत्माज्ञान अति महान’ भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधैं रक्तदान गर्न तयार रहेको बताइन् । उनले रगतको अभाव अरु कुनै पनि कुराले पुरा गर्न नसक्ने भन्दै खेर जाने रगत दिदा कसैको जीवन बचाउन सकिन्छ भने सबैले रक्तदान गर्नुपर्ने बताइन् ।
हिमाल हस्पिटलकी ल्याव टेक्नोलोजिष्ट निशा भण्डारले मानव धर्म सेवामा भएको रक्तदान उत्साहजनक रहेको बताइन् । उनले समितिमा सबै शाकाहारी भएको र अल्कोहलका कारण रिजेक्सन नभएका कारण रगत संकलन राम्रो भएको प्रतिकृया दिइन् । रक्तदान कार्यक्रममा २० पटक रक्तदान गरिसकेका कुमार ओझाको समेत उपस्थिति रहेको थियो । समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गदै आइरहेको छ ।